२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

अनेसासको नवौं सम्मेलन हुने

अनेसासको नवौं सम्मेलन हुने

अमेरिका । अमेरिकाको कोलोराडो वेष्टमिनिष्टरमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को नवौं अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ। सम्मेलन मे २२ देखि २५ सम्म संचालन हुनेछ । सम्मेलनमा विश्वभरवाट साहित्य अनुरागीहरुको सहभागिता रहनेछ । नेपाली भाषा साहित्यको प्रवद्र्धन तथा विश्वमा हुर्किरहेको नेपाली पुस्तामाझ पुस्तान्तरणमा समेत अनेसासको भूमिका महत्वपूर्ण रहेको र अनेसासको यस सम्मेलन त्यसका लागि समेत फलदायी हुने विश्वास अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेले बताए ।

क्लिनिक संचालन सहयोगार्थ गाला डिनर

टेक्सस । टेक्ससको डलासमा संचालित हिमालयन हेल्थ क्लिनिकको सहयोगार्थ आउँदो शनिवार गाला डिनर हुने भएको छ । डलास फोर्टवर्थ मेट्रो क्षेत्रवरपर बसोवास गर्ने मेडिकल क्षेत्रमा सक्रियहरुले स्थापना गरेको टेक्सस नेपाली मेडिकल एसोसिएशनले क्लिनिक संचालन गर्दै आएको छ । स्वास्थ्य बीमा नभएकाहरुले समेत निःशुल्क सेवा लिन सक्ने गरी संचालन भैरहेको क्लिनिकको प्राविधिक रुपमा सेवालाई निरन्तरता दिन हरेक वर्ष गाला डिनर मार्फत फन्ड संकलन गरिदैं आईएको छ । सन् २०२० मा क्लिनिक स्थापना भएको थियो । क्लिनिकमार्फत हरेक महिनाको पहिलो र तेस्रो आईतवार मेडिकल र डेन्टल सेवा प्रदान हुँदैं आएको छ।

बेदफोर्डमा रोयल म्यानसन

टेक्सस । टेक्ससको वेदफोर्ड शहरमा रोयल म्यानसन रेष्टुरेण्ट संचालनमा आएको छ । नेपाली तथा भारतीय खानाका परिकार पाईने रेष्टुरेण्टको बेदफोर्ड सिटी मेयर डान कोगानले उद्घाटन गरे । डलास फोर्टवर्थ क्षेत्रमा नेपालीका दुई दर्जन बढी रेष्टुरेण्ट संचालनमा छन् । बेदफोर्ड सिटीमा भने नेपालीको यो लेवलको रेष्टुरेण्ट पहिलो हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij