२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

२०८३ कार्तिक २२ शनिबार

सुकुम्बासी समस्याको दीर्घकालीन समाधान आवश्यक छः अध्यक्ष घिसिङ

सुकुम्बासी समस्याको दीर्घकालीन समाधान आवश्यक छः अध्यक्ष घिसिङ

चन्द्रपुर। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गरिनुपर्नेमा जोड दिएका छन्। जिल्लाको चन्द्रपुर २ टेम्पुपार्कमा आज आयोजित कोणसभामा उनले वर्षौंदेखि समस्याका रूपमा रहेका समस्या समाधान गर्दै सुकुम्बासीको आवासको हकलाई व्यवस्थित गर्न सरकारलाई आग्रह गरे।

अध्यक्ष घिसिङले संविधानप्रदत्त शिक्षा, स्वास्थ्य, आवास, खाद्य सुरक्षालगायत मौलिक हक कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराए। “वर्षौंदेखि सुकुम्बासी, अव्यवस्थित बसोबासी, भूमिहिन नागरिकका समस्या समाधान भइहरेका छैनन्। एउटा दीर्घकालीन योजना बनाएर अगाडि बढौँ। ऐलानी जमिनमा बसोबास गदै आइरहेका नागरिकका समस्या पनि कानुनी रूपले समाधान गरौँ”, उनले भने।

यहाँ चन्द्रपुर नगरपालिकाले नगर क्षेत्रभित्रका सरकारी, सार्वजनिक जग्गा, राजमार्ग, बजार क्षेत्र, राजकुलोलगायत सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका घरटहरालगायत संरचना ३५ दिनभित्र हटाउन सूचना जारी गरिसकेको छ। नगरपालिकामा दुई हजार ११९ परिवार भूमिहीन दलित, चार हजार ८६६ भूमिहीन सुकुमवासी र ११ हजार ७९५ परिवार अव्यस्थित बासोबासी रहेका जिल्लास्थित भूमि समस्या समाधान आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij