२०८३ कार्तिक ३० आइतबार

Nov 15 2026 Sunday

२०८३ कार्तिक ३० आइतबार

आइपीएलमा गुजरातद्वारा राजस्थान पराजित

आइपीएलमा गुजरातद्वारा राजस्थान पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात पारेको छ । गएराति भएको खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७७ रनले पराजित गरेको हो ।

गुजरातका लागि शुभमन गिलले ८४ रन बनाए । साई सुदर्शनले ५५ रन बनाए । यस्तै, वासिङ्टन सुन्दरले ३७ रन बनाए । गुजरातका राशिद खानले सबैभन्दा बढी ४ विकेट लिए । यस्तै, जेसन होल्डरले ३ तथा कागिसो रबाडाले २ विकेट लिए ।

गुजरातले दिएको २३० रनको लक्ष्य पछ्याएको राजस्थान १६ ओभर ३ बलमा अलआउट हुँदै १५२ रन मात्र बनायो । राजस्थानका लागि रविन्द्र जडेजाले सर्वाधिक ३८ रन बनाए । यस्तै, वैभव सूर्यवंशीले ३६, ध्रुव जुरेलले २४, दसुन शनकले १६ तथा शुभम् दुवेले १५ रन जोडे । यो जितसँगै गुजरात टाइटन्स ११ खेलबाट १४ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij