२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

दाङमा हुरीले दुई बिघाको केराखेतीमा क्षति

दाङमा हुरीले दुई बिघाको केराखेतीमा क्षति

दाङ । यही वैशाख २० गते गएको ठूलो हावाहुरीले घोराही उपमहानगरपालिका–१२ मा लगाएको दुई बिघा केराखेतीमा ठूलो क्षति गरेको छ ।

घोराही–१२ रतनपुरमा हुमबहादुर केसीले लगाएको दुई बिघाको केरा पूर्ण रूपमा हावाहुरीले नष्ट गरेको छ । बिक्रीका लागि तयार हुँदै गरेको केरा हावाहुरीका कारण नष्ट भएको उनले बताए ।

माध्यामिक विद्यालय हापुर रतनपुरको १० बिघा जग्गा भाडामा लिएर पाँच वर्षदेखि व्यावसायिक रूपमा कृषिकर्ममा लागेका केसीले बिमा नगरेका कारण ठूलो नोक्सानी बेहोर्नु परेको हो । चार बिघामा केरा लगाउनु भएका केसीको दुई बिघाको केरा पूर्ण रूपमा नष्ट भएको छ भने दुई बिघामा रहेको केरामा आंशिक क्षति पुगेको छ ।

केसीले भाडामा लिएको १० बिघामध्ये चार बिघामा केराखेती, तीन वटा खोरमा तीन हजार ब्रोइलर कुखुरापालन र अन्य जग्गामा मकै खुर्सानीलगायत खेती गर्दै आएका छन् ।

जापानको चार वर्षको बसाइँ छाडेर स्वदेशमै केही गर्ने उद्देश्यले व्यावसायिक रूपमा कृषिकर्ममा जोडिएका केसीले चार जना स्थानीयलाई रोजगारी दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij