२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

२०८३ कार्तिक २२ शनिबार

पार्टीमा वृहत एकताका लागि सभापति थापाद्वारा पहल सुरु, पूर्व कार्यवाहक सभापति खड्कासँग भेट

पार्टीमा वृहत एकताका लागि सभापति थापाद्वारा पहल सुरु, पूर्व कार्यवाहक सभापति खड्कासँग भेट

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वृहत्तर एकताका लागि पहल सुरु गरेका छन् । थापाले आइतबार साँझ निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग संवाद गरेका छन् ।

थापा खड्कालाई भेट्न खड्का निवास गोल्फुटार पुगेका थिए । पार्टीमा देखिएको केही बेमेल हटाएर एकताका लागि पहल गर्न नेता खड्कासँग भेटेको सभापति थापाले बताए । ‘पार्टीको वृहत्तर एकताका लागि सिनियर नेताहरुसँग संवाद सुरु गरेको छु’ थापाले भने ।

सभापति थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताएका छन् ।

पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको र महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न आम कांग्रेसी नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij