२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एक जयशंकरबीच भेटवार्ता भएको छ । मोरिससमा जारी इन्डियन ओसन कन्फ्रेन्समा सहभागी हुन गएका परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच शुक्रबार भेटवार्ता भएको हो ।

भेटमा भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री खनाललाई पदभार सम्हालेकोमा बधाई दिएका थिए । भेटका क्रममा दुवै नेताले दीर्घकालीन र बहुआयामिक नेपाल–भारत सम्बन्धको समग्र समीक्षा गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै, उनीहरूबीच आपसी हितका विषयमा रचनात्मक तथा भविष्य उन्मुख छलफल भएको मन्त्रालयले जनाएको छ। साथै, दुवै पक्षले दुई देशबीचको द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धता दोहोर्याएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij