२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर छ भने चाँदीको मोल बढेको छ । चाँदीको मूल्य तोलामा  ५० रुपैयाँ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८३० कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार कायम भएको थियो । गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij