२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

निर्वाचन प्रहरीको बिदाइ(फोटोफिचर)

निर्वाचन प्रहरीको बिदाइ(फोटोफिचर)

काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिएको छ ।

निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको ४० दिनको सेवा पूरा भएपछि बिहीबार बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा निर्वाचन प्रहरीलाई धन्यवाद पत्रसहित सम्मान गरिएको थियो । नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गरेका थियो ।

त्यस्तै सशस्त्र प्रहरी बलले पनि निर्वाचन प्रहरीलाई बिदाइ गरेको छ । सशस्त्रले निर्वाचन सुरक्षामा १५ हजार ११० जना निर्वाचन प्रहरीलाई परिचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij