२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

डडेल्धुरामा रास्वपाका ताराप्रसाद जोशी निर्वाचित

डडेल्धुरामा रास्वपाका ताराप्रसाद जोशी निर्वाचित

डडेल्धुरा । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा ताराप्रसाद जोशी निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद् यात्रा तय गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार डा जोशी सात हजार १० मत अन्तरले विजयी भएका छन् । उनले १९ हजार १३१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार महरले १२ हजार १२१ मत प्राप्त गरेका छन् ।

यहाँ नेपाली कम्युनिष्ट पार्टीका मानसिंह मालले छ हजार ८३४ र नेकपा (एमाले) का उम्मेदवार चक्र स्नेहीले तीन हजार २६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij