२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

२०८३ कार्तिक २२ शनिबार

फरक मतको सम्मान गर्दै अघि बढ्छौंः सभापति लामिछाने

फरक मतको सम्मान गर्दै अघि बढ्छौंः सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनभावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रमुख निर्वाचन अधिकृतबाट विजयी भएको प्रमाणपत्र लिएपछि पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै उनले राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम गर्ने बताए ।

जनताले दिएको जिम्मेवारी पूरा गर्न सजिलो नभएको भन्दै उनले लोकतन्त्रमा फरक मतको सम्मान गर्दै अघि बढ्ने बताए ।

उनले भने, ‘हामी मात्तिएर होइन संयमित भएर काम गर्नुपर्छ । प्रतिपक्षलाई होच्याउनु हुँदैन । लोकतन्त्रमा फरक मतको सम्मान गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij