२०८३ कार्तिक २९ शनिबार

Nov 14 2026 Saturday

२०८३ कार्तिक २९ शनिबार

भेनेजुएलाका विपक्षी नेताद्वारा ‘आममाफी कानून’ माथि आशङ्का व्यक्त

भेनेजुएलाका विपक्षी नेताद्वारा ‘आममाफी कानून’ माथि आशङ्का व्यक्त

निर्वासित विपक्षी नेता एडमन्डो गोन्जालेज उरुटियाले सयौँ राजनीतिक बन्दीहरूलाई रिहा गर्ने विवादास्पद कानून पारित भएपछि भेनेजुएलामा ‘विगतलाई सम्बोधन गर्ने जिम्मेवारी’ बिना कुनै स्थायी मेलमिलाप नहुने बताएका छन् ।

गत महिना अमेरिकाले त्यहाँका शक्तिशाली बामपन्थी शासक राष्ट्रपति निकोलस मदुरोलाई काराकासमा आक्रमण गरी पक्राउ गरेपछि दक्षिण अमेरिकी राष्ट्रको नयाँ नेतृत्वले यो कानुन कार्यान्वयनमा ल्याएको हो र यो उक्त देशको विगत हेरेर ऐतिहासिक सुधार हो ।

‘म विश्वस्त छु, हामी सम्पूर्ण देशका लागि उपयुक्त आममाफी तयार गर्न सक्षम हुनेछौँ,’ गोन्जालेज उरुटियाले एक्समा लेखेका छन् ।

‘आममाफी वैध हुन यो ‘सत्य, सबैका लागि स्वीकार्य मूल्य मान्यता र परिपूरण’ सहित आउनुपर्छ,’ उनले भने ।

सन् २०२४ मा भएको राष्ट्रपतीय निर्वाचनमा मद्ुरो सरकारले व्यापक धाँधली गरेको आरोप लगाउँदै विपक्षी समूहले आफ्नो विजय भएको दावी गरेको थियो ।

यद्यपि, मदुरोको प्रभाव रहेको त्यहाँको निर्वाचन आयोगले विपक्षीको दावीलाई अस्वीकार गर्दै अमेरिका लगायतको यसको पश्चिमा गठबन्धनले उरुटियालाई राष्ट्रपतिको रूपमा विजयी व्यक्ति भएको भन्दै उरटियाको मदुरो सरकारलाई अवज्ञा गर्ने आन्दोलनलाई नैतिक समर्थन पुर्याएको थियो ।

विरोध प्रदर्शनमाथि सुरक्षाकर्मीको व्यापक दमनपछि उनी त्यस वर्ष नै स्पेन भाग्न बाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij