२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

२०८३ कार्तिक २४ सोमबार

कर्णाली राजमार्गमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

कर्णाली राजमार्गमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

दैलेख । दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा जिल्ला कालिकोट सन्नित्रिवेणी गाउँपालिका ६ बस्ने वर्ष ४१ का रने सार्की रहेका छन् । उनको बिहान ८ः५६ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

आज बिहान ५ः३० बजे कालिकोटबाट विषादी सेवन गरेकी बिरामीलाई अक्सिजन सिलिन्डरसहित उपचारका लागि सुर्खेततर्फ लैजाँदै गरेको क.प्र.०२–००१ च १२१५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो ।

घाइते हुनेमा जिल्ला कालिकोट सन्नित्रिवेणी गाउँपालिका–७ बस्ने वर्ष २२ का चालक योगेश सिंखडा, (शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर), ऐ.ऐ. बस्ने वर्ष १८ का गंग सार्की, (टाउको तथा शरीरका विभिन्न भागमा चोट, अवस्था गम्भीर). २१ वर्षका तपेन्द्र सिंखडा छन् ।

त्यस्तै वडा नं. ६ बस्ने वर्ष ३६ की जादुकाल सार्की, र वर्ष २७ की कैसी साकीको अवस्था गम्भीर रहेको छ । सबै घाइतेलाई तत्कालै उद्धार गरी सुर्खेत पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij