२०८३ कार्तिक २९ शनिबार

Nov 14 2026 Saturday

२०८३ कार्तिक २९ शनिबार

युक्रेन र रुसलाई जुनसम्ममा युद्ध अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ

युक्रेन र रुसलाई जुनसम्ममा युद्ध अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ

किएभ । युक्रेन र रुसबीच करिब चार वर्षदेखि लामो युद्ध जुन महिनासम्ममा अन्त्य गरून् भन्ने संयुक्त राज्य अमेरिकाले चाहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । उनले र अर्को हप्ता फ्लोरिडामा दुई पक्षबीच वार्ता आयोजना गर्ने अमेरिकाले प्रस्ताव गरेको पनि बताए ।

दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा घातक युद्ध अन्त्य गर्न अमेरिकी नेतृत्वको प्रयासले हालैका हप्ताहरूमा गति लिएको छ, तर मस्को र किएभबीच क्षेत्रको मुख्य मुद्दालाई लिएर मतभेद जारी छ ।

आफ्नो छिमेकी देशको करिब २० प्रतिशत भूभाग ओगटेको रुसले कुनै पनि सम्झौताको एक हिस्साको रूपमा युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा पूर्ण नियन्त्रणका लागि दबाब दिइरहेको छ र वार्ता असफल भएमा बलपूर्वक कब्जा गर्ने धम्की दिएको छ।

यद्यपि, युक्रेनले जमिन छोड्दा मस्कोलाई हौसला मिल्नेछ र त्यसैले उसले रूसलाई फेरि आक्रमण गर्नबाट रोक्न असफल हुने सम्झौतामा हस्ताक्षर नगर्ने बताउँदै आएको छ ।

जेलेन्स्कीले भने, “संयुक्त राज्य अमेरिकाले पहिलो पटक युक्रेन र रुस वार्ता गर्ने दुई टोलीहरू संयुक्त राज्य अमेरिकाको सम्भवतः मियामीमा भेट्ने प्रस्ताव गरेको छ।’ “उनीहरू जुनसम्म सबै काम गर्न चाहन्छन्,“ उनले भने ।

अमेरिकाले जनवरीदेखि अबुधाबीमा दुई पक्षबीच दुई चरणको वार्ताको मध्यस्थता गरेको छ, जसमा धेरै कैँदी आदानप्रदानको मध्यस्थता गरिएको छ, तर वार्ताले विवादास्पद भूमिको बिषयमा कुनै सफलता हासिल गर्न असफल भएको छ।

मस्को र किएभ दुवैले वार्ता कठिन भएको बताएका छन् । जेलेन्स्कीले बारम्बार रूसको तुलनामा असङ्गत सम्झौता गर्न युक्रेनलाई दवाव दिइएको भन्दै वार्ताबाट निकास निस्कने बिषयमा निराशा व्यक्त गर्दै आएका छन् । युक्रेनले हालको द्वन्द्वग्रस्त अग्रपङ्तीमा द्वन्द्व रोक्ने प्रस्ताव गरेको छ।

रुसले यसलाई अस्वीकार गरेको छ र वाशिङ्गटनले यसको सट्टा डोनेट्स्क क्षेत्रमा हाल नियन्त्रण गरेको भूमिलाई ‘स्वतन्त्र आर्थिक क्षेत्र’ मा रूपान्तरण गर्न किएभलाई दबाब दिएको छ जहाँ कुनै पनि पक्षको सैन्य नियन्त्रण छैन।

जेलेन्स्कीले भने, “यदि हामी स्वतन्त्र आर्थिक क्षेत्र निर्माणको पक्षमा आइपुग्यौँ भने पनि हामीलाई निष्पक्ष र भरपर्दो नियमको आवश्यकता पर्नेछ ।”

जेलेन्स्कीले रुसको कब्जामा रहेको जापोरिज्जिया आणविक ऊर्जा संयन्त्रको नियन्त्रणको विषयमा पनि दुवै पक्षबीच ‘साझा समझदारी’ हुन नसकेको बताए । द्वन्द्वको सुरुवातमा रुसी सेनाले युरोपको सबैभन्दा ठूलो प्लान्ट कब्जा गरेको थियो र त्यसयता यसलाई नियन्त्रणमा राखेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij