२०८३ कार्तिक २९ शनिबार

Nov 14 2026 Saturday

२०८३ कार्तिक २९ शनिबार

निर्वाचन विरोधी गतिविधि नियन्त्रणका लागि कडा कदम चाल्ने केन्द्रीय सुरक्षा समिति बैठकको निर्णय

निर्वाचन विरोधी गतिविधि नियन्त्रणका लागि कडा कदम चाल्ने केन्द्रीय सुरक्षा समिति बैठकको निर्णय

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउने, सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी सम्पर्क हुने बैकल्पिक व्यवस्था गर्नेलगायतका निर्णय गरेको हो ।

बैठकले निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या /भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्ने, निर्वाचनसम्बन्धी सही, भरपर्दो सूचनामा सर्वसाधारणको पहुँच पुर्याउने, सामाजिक सञ्जालको दुरूपयोग रोक्न नेपाल प्रहरीको AI and Advance Analytic Cell  लाई सशक्त र जिम्मेवार बनाउने, निर्वाचन विरोधी गतिविधिलाई नियन्त्रण गरी कानूनी दायरामा ल्याउने, पेट्रोलियम पदार्थको खुला खरिद विक्री एवम् दुरूपयोगलाई नियन्त्रण गर्ने विषयमा निर्णय गरेको छ ।

बैठकले निर्वाचनमा सुरक्षाकर्मीको परिचालन तथा उम्मेदवारको सुरक्षा व्यवस्थापन लगायतका विषयमा पनि निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij