२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

प्रश्न सोध्न नछोड्नुहोस्, म त्यसको जवाफ दिन तयार छुः प्रचण्ड

प्रश्न सोध्न नछोड्नुहोस्, म त्यसको जवाफ दिन तयार छुः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू पुराना नेताको भीडमा नरहेको बताएका छन् ।

आइतबार सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी प्रचण्डले आफू पुराना नेताको भीडमा नरहेको र सत्ताको लोभमा पनि नरहेको बताएका हुन्।

उनले भनेका छन्, ‘आजको यो घडी मेरा लागि केवल सत्ताको कुरा होइन, यो त यो देशको भविष्य र विशेष गरी मेरा युवा साथीहरू, जेनजी छोराछोरीहरूको सपनाको कुरा हो । धेरैलाई लाग्न सक्छ म र म जस्ता पुराना नेताहरू एउटै हुन्, तर म आज यो सार्वजनिक मञ्चबाट प्रस्ट भन्न चाहन्छु, म ती पुराना नेताहरूको भीडमा छैन ।’

उनले सन्तान, जीवनसंगीनी र सहयोद्धाहरू गुमाएपछि अब सत्ताको लोभ नभएको बताएका छन्। उनले भनेका छन्, ‘एउटा मान्छेले आफ्नो जीवनमा जेजति गुमाउन सक्छ, मैले ति सबै गुमाए। तर मलाई के कुराले अगाडि बढ्न प्रेरित गर्छ भने यो संघर्ष मेरो व्यक्तिगत होइन। यो ती हजारौं सहिदहरूको सपना पूरा गर्ने यात्रा हो ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij