२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

डिजेल र मट्टीतेलको मूल्य वृद्धि

डिजेल र मट्टीतेलको मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।

निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ०.१२ रुपैयाँ र डिजल तथा मट्टीतेलमा ४.६६ रुपैयाँले बढेर आएको जानकारी दिएको छ ।

त्यस्तै निगमले हवाई इन्धनको आन्तरिकतर्फ प्रति लिटर १ घटाएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलोलिटरमा ७ अमेरिकी डलर घटेको छ भने पोखरा र भैरहवामा ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम राखेको निगमले जनाएको छ ।

निगमले खाना पकाउने ग्याँसमा प्रति सिलिण्डर ४५.४९ रुपैयाँ बढेर आएपनि मूल्य यथावत राखेको जनाएको छ । मूल्य बढेपछि डिजेल–मट्टीतेल प्रतिलिटर १३९ रुपैयाँ भएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij