२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

गोरखापत्र संस्थानको अध्यक्षमा अखण्ड भण्डारी नियुक्त

गोरखापत्र संस्थानको अध्यक्षमा अखण्ड भण्डारी नियुक्त

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी) लाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई संस्थानको नेतृत्व सुम्पने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार रिक्त रहेको संस्थानको अध्यक्ष पदमा भण्डारीलाई नियुक्त गरिएको हो ।

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘गोरखापत्र संस्थानको रिक्त अध्यक्ष पदमा श्री गोविन्दप्रसाद भण्डारी, भक्तपुरलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij