२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

काठमाडौंको तापक्रम ३.० डिग्रीमा झर्‍याे, चिसो बढ्यो

काठमाडौंको तापक्रम ३.० डिग्रीमा झर्‍याे, चिसो बढ्यो

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा चिसो बढेको जनाएको छ। काठमाडौं उपत्यकामा यस वर्षकै चिसो महसुस भएको छ।

जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणअनुसार सोमबार बिहान कीर्तिपुरको तापक्रम ३.० डिग्री सेल्सियस मापन भएको छ। त्यस्तै ललितपुर खुमलटारको २.८, भक्तपुर नगरकोटमा २.८, सिन्धुपाल्चोक चौताराको ५.५ डिग्री सेल्सियस मापन भएको छ।

लुक्ला विमानस्थलको तापक्रम माइनस ०.५ डिग्री सेल्सियस रहेको छ भने जुम्ला विमानस्थलको तापक्रम माइनस ५.९, हुम्ला सिमकोट विमानस्थलको तापक्रम माइनस ५.१ डिग्री सेल्सियस रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij