२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं ।

नेपाली कांग्रेसभित्र महाधिवेशन गर्नुपर्ने र नगर्नेपक्षबीच विवाद उत्कर्षमा पुगेको समयमा केन्द्रीय कार्यसम्पवाद समितिको बैठक बस्दैछ।

शुक्रबार दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितका लागि निर्देशन गरिएको छ। बैठक किन बोलाइएको भन्ने मुख्यसचिव पौडेलले खुलाएका छैनन्।

बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसमा नियमित महाधिवेशन स्थगन भएको र अब विशेष महाधिवेशन  गर्नुपर्ने बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij