बागलुङ । नेपाली कांग्रेसबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि युवानेता टेकराज पौडेल सिफारिस भएका छन् । उनलाई कांग्रेसको क्षेत्रीय समितिले बागलुङ २ बाट प्रत्यक्ष उम्मेदवारका लागि सर्वसम्मत रुपमा सिफारिस गरेको हो । नेविसंघको पूर्व सहमहामन्त्री समेत रहेका युवानेता पौडेल ३ दशकभन्दा लामो समयदेखि निरन्तर कांग्रेस जिताउने अभियानमा लागेका छन् । सो क्षेत्रबाट उनीसहित अन्य नेताहरुलाई प्रत्यक्ष र समानुपातिक तर्फबाट सिफारिस गरिएको बागलुङ कांग्रेसले जनाएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij