भरतपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि चितवन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसको उम्मेदवारका लागि ऋषिश्वर थपलियासहित १० जनाको नाम सिफारिस भएको छ । पार्टी केन्द्रीय कार्यालयको परिपत्र अनुसार क्षेत्रीय समितिले नेपाली कांग्रेस चितवन काठमाडौं सम्पर्क समितिका सभापति ऋषिश्वर थपलिया सहितको नाम केन्द्रमा पठाएको हो ।
थपलियाबाहेक राजेन्द्र बुर्लाकोटी,उत्तम आचार्य, गीता देवकोटा,बासु ढुंगाना, सुवासचन्द्र बराल, इन्द्रकमल बुढाथोकी, कुमार कार्की, कृष्णप्रसाद सुवेदी र गोविन्द गौतमको नाम केन्द्रमा पठाइएको छ । सो क्षेत्रमा अघिल्लो निर्वाचनमा हालका गभर्नर विश्वनाथ पौडेल कांग्रेसको तर्फबाट उम्मेदवार रहेका थिए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij