२०८३ कार्तिक २८ शुक्रबार

Nov 13 2026 Friday

२०८३ कार्तिक २८ शुक्रबार

नेपालले पुनः विश्वकप क्रिकेट खेल्ने

नेपालले पुनः विश्वकप क्रिकेट खेल्ने

काठमाडौं । नेपाल १०औँ संस्करणको आईसीसी टी–२० विश्वकप २०२६ मा छनोट भएको छ । छनोट प्रतियोगिताको दुई खेल खेल्नुअगावै नेपाल विश्वकपमा पुगेको हो ।

आज भएको खेलमा सामोआविरुद्ध यूएईले जित निकालेपछि नेपाल र ओमानले दुई खेलअगावै विश्वकपमा स्थान सुरक्षित गरेका हुन् । नेपालले तेस्रोपटक विश्वकपमा स्थान बनाएको हो ।  नेपालले यसअघि सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो ।

२०२६ मा हुने टी–२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij