काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपालले कतारमाथि सनसनीपूर्ण जित निकालेको छ । सन्दिप लामिछानेले ५ विकेट लिएपछि नेपालले कतारलाई ५ रनले पराजित गर्यो ।
नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५२ रन बनाए । अन्य ब्याटरबाट उल्लेख्य योगदान हुन नसक्दा पराजित हुन पुग्यो ।
नेपालका लागि सन्दीपको ५ विकेटसँगै नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij