२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

अष्टिनमा ग्यान्स दशैं तिहार मेला २०२५, चर्चित कलाकारहरूको विशेष प्रस्तुति

अष्टिनमा ग्यान्स दशैं तिहार मेला २०२५, चर्चित कलाकारहरूको विशेष प्रस्तुति

अष्टिन, अमेरिका । अमेरिकाको अष्टिनमा ग्यान्स दशैं तिहार मेला २०२५ आयोजना हुने भएको छ। यो कार्यक्रम Greater Austin Nepali Society (GANS)  को संयोजनमा सेप्टेम्बर २८ आइतबार, अष्टिनस्थित GANS Community Center, 1251 CO RD 138, Hutto TX 78634 मा हुने छ।

मेला दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा नेपाली कला, संस्कृति, भेषभूषा, खानपान, प्रदर्शनी, खेलकुद कार्यक्रम तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ।

नेपालबाट चर्चित कलाकारहरू दीपाश्री निरौला, जितु नेपाल, दीपकराज गिरी, धिरेन्द्र सेवा, मीना पोखरेल र असिफ शाह विशेष प्रस्तुति दिने कार्यक्रम तय भएको छ। साथै, मेयरको टोलीलाई सम्मान र विशिष्ट अतिथिहरूको उपस्थिति पनि रहनेछ।

आयोजकका अनुसार सबैलाई समान रुपमा सहभागी हुन मिल्ने गरी प्रवेश शुल्क २५ डलर तोकिएको छ। १० वर्षमुनिका बालबालिका र ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि प्रवेश निःशुल्क राखिएको छ।

आयोजकले सम्पूर्ण नेपाली समुदायलाई मेलामा उपस्थित भई नेपालीपनको अनुभव लिन, मनोरञ्जन गर्न र समुदायसँग जोडिन हार्दिक आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij