२०८३ कार्तिक २८ शुक्रबार

Nov 13 2026 Friday

२०८३ कार्तिक २८ शुक्रबार

डेम्बेलेले जिते यस वर्षको ब्यालोन डि’ओर अवार्ड

डेम्बेलेले जिते यस वर्षको ब्यालोन डि’ओर अवार्ड

एजेन्सी। ओउसमान डेम्बेलेले यस बर्षको बेलुन डो अर अवार्ड जितेका छन् ।

फ्रेन्च फुटबल एसोसियसनले हरेक बर्ष प्रदान गर्ने बेलुन डो अर अवार्ड यस बर्ष पिएसजीबाट खेल्ने २८ बर्षिय डेम्बेलेले जितेका हुन् ।

 

बेलुन डो अरको दोस्रो स्थानमा स्पेनका लामीन यमल रहेका थिए भने तेस्रो स्थानमा पोर्चुगलका भिटिन्हा र चौथो स्थानमा इजिप्टका मोहमद सलाह रहेका थिए ।

 

बेलुन डो अरको यस सूचीमा फ्रान्सका किलीयन एम्बाप्पे सातौं स्थानमा र ब्राजिलका भिनिसियस जुनियर १६औं स्थानमा रहेका थिए ।

 

त्यसैगरि महिला तर्फको बेलुन डो अर भने स्पेनकी ऐताना बोनमातीले लगातार तेस्रो पटक जितेकी छन् । उनी बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने गर्दछिन् । त्यस्तै लामिन यमलले यस बर्षको कोपा ट्रफी जितेका छन् । यो हरेक बर्ष उदियमान फुटबलरलाई दिने गरिन्छ ।

 

त्यस्तै यस बर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड पिएसजीका लुइस इनरिकले जितेका छन् । इनरिकले पीएसजीलाई पिलो पटक च्याम्पियन्स लिग जिताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij