श्रीलङ्काको रेसकोर्स अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा बङ्गलादेशका लागि मोहम्मद सबिर इस्लाम, मेहम्मद ओपु रहमान, मोहम्मद आरिफ र मोहम्मद मनिकले गोल गरे।
यसअघि नेपालले पहिलो खेलमा घरेलु टिम श्रीलङ्कालाई २–० ले हराएकोले समूह ‘ए’ बाट नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना कायम छ । बङ्गलादेश र श्रीलङ्काबिचको खेलले नेपालको भाग्य निर्धारण गर्ने छ।
सो खेल बङ्गलादेशले जितेमा अथवा बराबरीमा सकिएमा नेपाल अगाडि बढ्ने छ। श्रीलङ्काले जित हासिल गरेमा तिनै टिम समान अङ्कमा रहने छ। त्यसपछि गोल अन्तरका आधारमा शीर्ष दुईको चयन हुने छ।