पेन्सिल्भेनिया । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को पाँचौँ राष्ट्रिय महाधिवेशनबाट मेरिल्यान्ड राज्य समितिको अध्यक्षमा गायिका तथा मोडल शान्ती भण्डारी निर्वाचित भएकी छन्। गुल्मीमा जन्मिएकी भण्डारी लामो समयदेखि अमेरिकाको बाल्टिमोरमा बस्दै आएकी छिन् ।
उनी “वनको काफल वन्कै चरिलाई,” “मायाले मार्यो,” “कुर्ता सुरूवाल लाउदा त,” जस्ता चर्चित गीतमार्फत मोडलिङमा स्थापित भएकी हुन्। हालै सार्वजनिक भएको उनको गीत “चोली फेर्यो, के गरूँ; वोली फेर्यो, के गरूँ” चर्चामा छ। भण्डारीले यसअघि ईनास मेरिल्यान्डमा वरिष्ठ उपाध्यक्ष र कार्यक्रम संयोजकको जिम्मेवारी सम्हालेकी थिइन्।
उनले संगीतकार कमल सौरागसँग मिलेर बाल्टिमोरमा यू एण्ड मी स्टुडियो सञ्चालन गर्दै आएकी छन्। भण्डारीको नेतृत्वमा बनेको २३ सदस्यीय समितिमा उपाध्यक्षमा राजु ढुंगेल, माध्वी भण्डारी, कमल सौराग र दिपक रसाईली छन्। महासचिवमा शन्देश कुमार खड्का, सचिवमा प्रकाश कंडेल र रूवी पौडेल, कोषाध्यक्षमा कुशुम खड्का, सह–कोषाध्यक्षमा स्वरूपा रसाईली तथा प्रवक्तामा यम क्षेत्री र मोहोन गुरूगं चयन भएका छन्। संगीत विभाग प्रमुख अमृत रामदाम रहेका छन् भने सदस्यमा विजय गुरूगं, रमेश श्रेष्ठ, रमेश परियार, अर्जुन श्रेष्ठ, सुजन केसी, गंगा लामिछाने, कुशल पोख्रेल, भृकुटी पंगेनी, शुवाश पोख्रेल र कुशल गौतम छन्।
निकट भविष्यमा सल्लाहकार टिम घोषणा गरिने समितिले जनाएको छ। ईनास मेरिल्यान्डका संरक्षकमा प्रेमराजा महत र अनु सुया वन्त छन् भने संस्थापकमा लक्ष्मण पौडेल र कन्यैहा सिंह परियार रहेका छन्। भण्डारीलाई अध्यक्षमा चयन भएपछि समुदायका कलाकार तथा व्यक्तिहरुले बधाई दिँदै उनको कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij