सेना र प्रहरीको टोलीले सोलुखुम्बुमा हराएका एक जनाको उद्धार गरेको छ । सोलुखुम्बुको सोताङ गाउँपालिका ५ घर भई भरिया काम गर्ने १९ वर्षीय दिपेश राई २६ कात्तिकमा खुम्बु पसाङल्हामु ५ नाम्चे तोपडाँडाबाट सम्पर्कबिहीन भएका थिए ।
उनलाई आज सुरक्षाकर्मीले खुम्बु पसाङल्हामु गाउँपालिका ५ जोरपालदेखि माथि जंगलको भिरमा ३,५०० फिट तल फेला पारी उद्धार गरी उपचारका लागि अस्पतालमा पुर्याएका छन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij