२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

जलवायु वित्त परिचालन कार्यविधिको मस्यौदा तयार

जलवायु वित्त परिचालन कार्यविधिको मस्यौदा तयार

काठमाडौँ । सरकारले जलवायु वित्त परिचालन कार्यविधिको मस्यौदा तयार गरेको छ ।

जलवायु वित्त परिचालनलाई प्रभावकारी बनाउन जलवायु वित्त परिचालन कार्यविधि, २०८२ को मस्यौदा तयार गरेको अर्थ मन्त्रालय अन्तर्गत वैदेशिक सहायता समन्वय महाशाखाले जनाएको छ ।

आन्तरिक स्रोतले मात्रै जलवायुजन्य आवश्यकता पूरा गर्न कठिन भएपछि बाह्य वित्तीय स्रोतमा पहुँच पुर्‍याउनका लागि कार्यविधि चाहिएको हो।

कार्यविधिले जलवायु वित्त परिचालनका लागि हानि नोक्सानी, जलवायु अनुकूलन, उत्सर्जन न्यूनीकरण, कार्बन व्यापारका क्षेत्रलाई प्राथामिकिकरण गरेको छ ।

जलवायु वित्त परिचालनमा भएको खण्डीकरण र दोहोरोपना रोक्न साझा जलवायु कोष अवधारणा अनुसार जलवायु वित्तको परिचालन गरिने मस्यौदामा उल्लेख छ । कार्यविधि अनुसार निजी क्षेत्रमा जलवायु वित्त परिचालन गर्दा परियोजनालाई मान्यताप्राप्त निकायले मन्त्रालयमा स्वीकृतिको लागि पेश गर्नुपर्नेछ ।

परियोजना प्रस्ताव गर्दा मन्त्रालयले सम्बन्धित विषयगत मन्त्रालयको राय लिनुपर्नेछ । निजी क्षेत्रले लिने ऋणको सार्वभौम जमानी नेपाल सरकार बस्नेछैन । परियोजना सिफारिस गर्दा नेपाल सरकारलाई भविष्यमा वित्तीय दायित्व नपर्ने विषय खुलाई सिफारिस गर्नुपर्न व्यवस्था मस्यौदामा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij