२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

ग्रेटर अस्टिन नेपाली चेम्बर अफ कर्मशले तीज विशेष कार्यक्रम गर्ने

ग्रेटर अस्टिन नेपाली चेम्बर अफ कर्मशले तीज विशेष कार्यक्रम गर्ने

टेक्सस । ग्रेटर अस्टिन नेपाली चेम्बर अफ कर्मशले नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । नालस रेष्टुरेण्टमा आयोजना हुने तीज विशेष कार्यक्रममा सांगितिक प्रस्तुति, दर खाने लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरु गरिने आयोजकले जनाएको छ । आगामि अगष्ट १७ तारिख अर्थात भदौ १ गते हुने तीज विशेष कार्यक्रलाई सभ्य र भव्य बनाउन आयोजकले सबैलाई आह्वान गरेको छ ।

तीज विशेष कार्यक्रमले अमेरिकाको टेक्सस आसपासमा रहेका नेपाली महिलाहरुमा आत्मीयता र सद्भाव बढाउन भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
तीज विशेष कार्यक्रममा महिला सहभागिका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij