२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

बालेनले बोलाए कार्यपालिका बैठक

बालेनले बोलाए कार्यपालिका बैठक

काठमाडौँ । लामो समयदेखि बजेट प्रक्रियामा देखिएको गतिरोधपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले कार्यपालिका बैठक आह्वान गरेका छन्।

महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईँका अनुसार कार्यपालिका बैठक शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको हो ।

कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने बजगाईँले जानकारी दिए । उक्त बैठक लगत्तै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।

यी प्रक्रिया पूरा गरेपछि दिउँसो २ बजे बोलाइएको कार्यपालिका बैठक बोलाइएको हो ।

बैठकले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij