२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

धान रोपाइँमा सहभागी भए राष्ट्रपति पौडेल

धान रोपाइँमा सहभागी भए राष्ट्रपति पौडेल

काठमाडौँ । असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ ।

राष्ट्रपति कार्यालयले आयोजना गरेको धान रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेल सहभागी भएका हुन् ।

रोपाइँमा नेपाली सेनाको टोली, कर्मचारी र राष्ट्रपति पौडेलको परिवारका सदस्य लगायत सहभागी थिए। आज असार १५ को दिन धान रोपाइँसँगै दही चिउरा खाने प्रचलन नेपाली समाजमा छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij