२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

घरजग्गा कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने

घरजग्गा कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न नयाँ निर्देशन जारी गरेको छ । विभागले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा गरिएको निर्देशन, २०८२ जारी गरिएको हो ।

यो निर्देशन देशभरका भूमिसुधार तथा मालपोत कार्यालयलाई दिइएको छ । यो निर्देशनअनुसार, घरजग्गा खरिद–बिक्रीको कारोबार गर्दा १० लाखदेखि माथि ५० लाख रुपैयाँसम्मको कारोबार बैंकिङ प्रणाली वा विद्युतीय भुक्तानी प्रणालीमार्फत गर्नुपर्नेछ । तर, ५० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार विद्युतीय भुक्तानी प्रणालीमार्फत सोझै र चेकमार्फत गर्दा बिक्रीकर्ताको नाममा तयार गरिएको गुड फर पेमेन्ट चेकमार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ ।

घरजग्गा खरिद–बिक्रीको कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबरको रकम जम्मा भएको प्रमाण लिखतसाथ संलग्न गर्नुपर्नेछ ।

त्यस्तै, बैंकमार्फत राजस्व दाखिला गर्ने व्यवस्था भएका कार्यालयको हकमा १० लाखभन्दा बढीको घरजग्गा खरिद–बिक्रीको कारोबार गर्दा लाग्ने रजिष्ट्रेसनवापतको शुल्क र दस्तुर खरिदकर्ताको खाताबाट र लाभकरवापतको राजस्व बिक्रीकर्ताको खाताबाट सम्बन्धित कार्यालयकले तोकिदिएको राजस्व खातामा जाम्मा गर्नुपर्नेछ ।

घरजग्गाको खरिद–बिक्री गर्ने खरिदकर्ता वा बिक्रीकर्ताले एक दिनमा एकपटक वा पटक–पटक गरी तीन करोड वा सोभन्दा बढी रकमको घरजग्गा खरिद–बिक्री गर्दा कार्यालयले त्यसको विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पठाउनुपर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij