काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।
अख्तियारले बाँफिकोट गाउँपालिकाको वडा नं. २ मा पिपलकाँडा मेलगौरी सडक खण्ड निर्माण योजनामा २१ लाख ६३ हजार ८६५ अनियमितता गरेको आरोपमा चार जनाविरुद्ध मुद्धा दायर गरेको हो ।
मुद्धा दायर हुनेमा प्रमुख प्रशासकीय अधिकृत ओली, प्राविधिक दल बहादुर ओली, लेखापाल महेन्द्र शर्मा र मालिका बस्नेत निर्माण सेवा छेडागाड, जाजरकोट र सोका प्रोपाइटर शान्त बहादुर बस्नेत रहेका छन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij