२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

अमेरिकाको जेलभित्र नेपाली युवकको मृत्यु

अमेरिकाको जेलभित्र नेपाली युवकको मृत्यु

अमेरिकाको जेलमा रहेका एक नेपाली युवकको मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार न्युयोर्कस्थित राइकर्स आइल्यान्ड जेलमा रहेका २७ वर्षीय मनीष कुँवरको मृत्यु भएको हो।

यही अक्टोबर ५ तारिख बिहान जेलभित्रै उनको मृत्यु भएको हो। जेल परिसरमा कुँवर अचेत अवस्थामा भेटिएका थिए। उनको मृत्युको कारण खुलाइएको छैन। घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ।

डकैती आरोपमा कुँवर गत सेप्टेम्बर २७ मा पक्राउ परेका थिए। उनीविरुद्धको मुद्दामा क्विन्सको अपराध अदालतले यही अक्टोबर २७ मा सुनुवाइ गर्दै थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij