२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु

गोरखा । गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । गोरखाबाट आरुघाटतर्फ गइरहेको ग२ख ९२५ नम्बरको बसको ठक्करबाट गोरखा नगरपालिका–४ फिनामकी चार वर्षीया सुविना सुर्खेतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो बसबाट ओर्लिने क्रममा सोही बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनका अनुसार घटनामा परेर बालिकाकी आमा २० वर्षीयाा विनिता सुर्खेती गम्भीर घाइते भएकी छिन् ।

 

उनको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij