२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

म्यानचेस्टर युनाइटेड र टोटनह्याम युरोपा लिगको फाइनलमा

म्यानचेस्टर युनाइटेड र टोटनह्याम युरोपा लिगको फाइनलमा

एजेन्सी । म्यानचेस्टर युनाइटेड र टोटनह्याम युइएफए युरोपा लिगको फाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगपछि म्यानचेस्टर युनाइटेड र टोटनह्याम फाइनलमा पुगेका हुन् ।

म्यानचेस्टर युनाइटेड दोस्रो लिगमा स्पेनिस क्लब एथलेटिक बिल्बाओलाई ४-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ७-१ को जितसहित फाइनलमा पुगेको हो ।

त्यस्तै टोटनह्यामले नर्वेको क्लब बोडोलाई २-० गोल अन्तरले पराजित गर्दै समग्रमा ५-१ को नतिजासहित फाइनलमा स्थान बनाएको हो ।

अब यस सिजनको युरोपा लिगको फाइनल खेल मे २१ मा स्पेनको बिल्बाओस्थित सान मामेज स्टेडियममा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij