२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

धितोपत्र बोर्डले आइपीओ स्वीकृति दिन कमिसन मागेकोबारे छानबिन गर्न माओवादीको माग

धितोपत्र बोर्डले आइपीओ स्वीकृति दिन कमिसन मागेकोबारे छानबिन गर्न माओवादीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले धितोपत्र बोर्डले साना परियोजनासँग ५ प्रतिशत र ठुला आयोजनासँग ७ प्रतिशतसम्म कमिसनको बार्गेनिङ गरेपछि जलविद्युत परियोजनाको आइपीओ जारी गर्ने कार्य रोकिएको विषयमा छानबिन गर्न माग गरेको छ ।

सांसद सापकोटाले आजको प्रतिनिधिसभा बैठकमार्फत उक्त विषयमा भरपर्दो संयन्त्रबाट छानबिन गराउन माग गरेका हुन् ।

धितोपत्र बोर्डले आईपीओ जारी गर्नका लागि ५ देखि ७ प्रतिशतसम्म कमिसन मागिएको भन्ने समाचारको विषय उठाउँदै छानबिनको माग गरेका हुन् ।

उनले भने,‘धितोपप बोर्डले साना परियोजनासँग ५ प्रतिशत र ठूला आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ ग¥यो । यो निकै गम्भिर र दुःखदायी कुरा हो । म यसका लागि नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु । सरकारको २८ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य छ, अर्कोतिर सरकारकै निकायहरुको यो प्रकारको रबैया छ ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij