कोशी प्रदेशले आयोजना गर्ने लगानी सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ हुँदै छन् । त्यसरी सोकेसिङ गरिने परियोजना कृषि उत्पादनदेखि बसपार्क निर्माणसम्म समेटिएको छ ।
विराटनगरमा पाँचतारे होटल बनाउने, इलाममा मोनोरेलदेखि कोदोको रक्सी ब्रान्डिङ गर्नेसम्मका परियोजना समेटिएको छ । त्यसैगरी, नाम्चे, हलेसीलगायतका क्षेत्र लक्षित गरी पोडवे निर्माण गर्ने परियोजना पनि समेटिएको छ । अनि, पदमार्ग निर्माणदेखि व्यापारिक भवन निर्माणसँग जोडिएका परियोजना पनि समेटिएको छ ।
प्रदेश सरकारले छनोट गरेका ७१ वटा परियोजनामा करिब १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ ।
परियोजना सोकेसिङमा झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, सोलुखुम्बु, संंखुवासभा, तेह्रथुम, इलाम, ताप्लेजुङ, पाँचथर, खोटाङलगायत जिल्लाबाट योजना छनोट गरिएको छ । ती जिल्लाबाट छनोट भएका परियोजनाहरुमा अलैन्ची, चिया, एभोकार्डो र किबीखेती, बेसार र छुर्पी उत्पादन, पर्यटकीय ताल निर्माण र सिमसार क्षेत्रको संरक्षण, केबलकार निर्माण, विज्ञान प्रविधि केन्द्र स्थापना, पदमार्ग सञ्चालन, पुरातात्विक क्षेत्रको संरक्षण, नयाँ पर्यटकीय क्षेत्र निर्माण, सहरमा व्यापारिक कम्प्लेक्स निर्माणलगायतका परियोजना समावेश छन् ।
यी हुन् सोकेसिङ गर्ने परियोजना
© 2026 All right reserved to samajpress.com | Site By : Sobij