२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

सरकार संचालनमा कुनै समस्या छैन- गृहमन्त्री लेखक

सरकार संचालनमा कुनै समस्या छैन- गृहमन्त्री लेखक

पोखरा । गृहमन्त्री रमेश लेखकले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले बीच कुनै पनि समस्या समस्या नरहेको बताएका छन् ।

शनिबार नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सञ्चालनको सवालमा दुई पार्टीबीच कुनै समस्या नरहेको बताएका हुन् । कांग्रेस–एमालेबीच सम्बन्ध चिसियो, यो सरकार आफैं ढल्र्दैछ भन्ने प्रकारका हल्लामा कुनै सत्यता नरहेको उनको दाबी छ ।

 

उनले बाहिर कांग्रेस–एमालेका बीचमा सम्बन्ध चिसियो, सम्बन्ध बिग्रियो, अब सरकार सञ्चालनको कुरामा कठिनाइ भयो भन्ने कुरा एउटा र यो सरकार आफैं ढल्दैछ भन्ने हल्ला पटक–पटक भइरहेको बताउदै उनले त्यसमा कुनै सत्यता नभएको बताए ।

 

गृहमन्त्री लेखकले संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई उल्ट्याउने र संविधानलाई नै समाप्त गर्ने खालका गतिविधि भइरहेको बताउदै यसप्रकारका गतिविधिको विरुद्धमा एकजुट भएर लाग्नसमेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij