काठमाडौं । नेपाली काँग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो सबै सम्पत्ति जनतालाई बाँड्न चुनौती दिएका छन्।
बिहीवार काठमाडौँमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो चुनौती दिएका हुन्।
व्यवस्था परिवर्तनको उक्साउनुभन्दा चुप लागेर बस्न आग्रह गर्दै त्यसमै भलाइ हुने बताए। उनले देशमा पुनः शासन गर्ने मन भए दलीय राजनीतिमार्फत चुनाव लड्न आग्रह गरे। नेपालमा राजतन्त्र दन्त्य कथा भइसकेको भन्दै कुरा गर्न र सुन्न मात्र रमाइलो उनको भनाइ छ।
उनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई आफ्नो सबै सम्पत्ति जनतालाई सुम्पिदिने आँट छ ? भन्दै प्रश्न गरे।
सिटौलाले भने, ‘पूर्वराजा ज्ञानेन्द्र चुप लागेर बस। त्यसैमा तिम्रो कल्याण छ। साँच्चै जनताको सेवा गर्न मन छ भने बचेखुचेको सम्पत्ति जनतालाई देऊ। सबै सम्पत्ति जनतालाई सुम्पिदिने आँट छ?’
वर्तमान व्यवस्था सञ्चालनमा भएका गल्तीहरू सच्याउँदै अघि बढ्नु आजको आवश्यकता भएको उनको भनाइ छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij