२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले दिएको राजीनामा स्वीकृत भएको छ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उनको राजिनामा स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीको दबाब थेग्न नसकेको भन्दै उनले राजीनामा दिएको बताएका थिए।

कुलपति ओलीले राम्रा काममा साथ दिनुको सट्टा सर्वोच्चको फैसलाविपरीत करार र अस्थायी प्राध्यापक तथा कर्मचारीलाई स्थायी गराउन दबाब दिएपछि बरालले १५ चैतमा राजीनामा दिएको जनाएको थिए।

उनले राजीनामा दिएको २ साता पछि आज स्वीकृत भएको हो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij