२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

एक तोला सुनको मूल्य १ लाख ७४ हजार ५०० रुपैयाँ

एक तोला सुनको मूल्य १ लाख ७४ हजार ५०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। योसँगै एक तोला सुनको मूल्य १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको थियो। बिहीबार सार्वजनिक बिदा भएकाले मूल्य निर्धारण भएको थिएन।

शुक्रबार भने सुनको मूल्य एकैसाथ ४ हजार रुपैयाँ बढेर तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको हो। यसअघि सुनको मूल्य १ लाख ७१ हजार रुपैयाँको रेकर्ड थियो। उक्त रेकर्ड पनि तोडेर अहिले मूल्य उच्च बन्न पुगेको हो।

यसैबीच बुधबार तोलामा २ हजार रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर २ हजार ५० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij