बैतडी । बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु भएको हो । डिलाशैनी गाउँपालिका– ३ को सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्रबहादुर खडायतको भिरबाट लडेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार हवल्दार खडायतको दार्चुलाको शैल्यशिखर नगरपालिका– १ वारिल घर हो ।
‘बुधबार बेलुकी घरबाट कार्यालय गइरहेका बेला वारिल भिरबाट लडेर हवल्दार खडायत गम्भीर घाइते भएका थिए,’ प्रहरी निरीक्षक पाण्डेले भने, ‘तत्काल उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो । अस्पताल पुग्नासाथ डाक्टरले मृत घोषणा गरेका हुन् ।’
खडायतको शव गोकुलेश्वर अस्पतालमै राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेले बताए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij