२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

किबुजमा बच्न सफल नेपाली विद्यार्थी इजरायलकाे तेलअभिव पुगे, यस्ताे छ १७ जनाकाे विवरण

किबुजमा बच्न सफल नेपाली विद्यार्थी इजरायलकाे तेलअभिव पुगे, यस्ताे छ १७ जनाकाे विवरण

हमासले आक्रमण गरेको इजरायलको दक्षिणी किबुज क्षेत्रमा ज्यान बचाउन सफल केही नेपाली विद्यार्थी तेल अभिव पुगेका छन् । जेरुसलेमको तुलनामा बढी सुरक्षित मानिने तेल अभिवमा नेपालको दूतावास छ । सेदाेत नेगेभ कृषि केन्द्रअन्तर्गत किबुज आलुमिम फार्ममा प्रशिक्षणमा १७ नेपाली कार्यरत थिए ।

त्यहाँ उनीहरूका लागि फार्मले नै आवासको व्यवस्था गरेको थियो । उनीहरू गत महिना मात्रै इजरायल पुगेका थिए ।तर, शनिबार बिहान एक्कासि उक्त क्षेत्रमा प्यालेस्टाइनी विद्राेही समूह हमासले बम आक्रमण गरेकाे थियाे । त्यसपछि भागेर १७ जना नै एक घरकाे बंकरमा लुकेका थिए । उनीहरू बसेकै बंकरमा हमासले बाहिरबाट ग्रिनेट हानेकाे ज्यान जाेगाउन सफल एक विद्यार्थीले बताएका छन् ।

आक्रमणमामा १० नेपाली विद्यार्थी मारिएका इजरायलस्थित नेपाली दूतावासले पुष्टि गरेकाे छ । बाँकी सात जनामध्ये तीन जना सकुशल छन् भने तीन जना घाइते अवस्थामा अस्पतालमा उपचाररत छन् । एक जनाको अवस्था अझै अज्ञात रहेको दूतावासले जनाएको छ ।

उद्धारको पर्खाइमा रहेका बाँकी नेपाली विद्यार्थी र श्रमिकहरूलाई समेत नेपाल सरकार, तालिम प्रदायक केन्द्र, रोजगारदाता र इजरायलवासी नेपाली समुदायसँगको सहकार्यमा तुलनात्मक रूपमा बढी सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्ने र आवश्यक चाँजो मिलाएर नेपाल पठाउने तयारी गरिएकाे राजदूत कान्ता रिजालले जानकारी दिइन् ।

हाल आफू रहेकै ठाउँमा सुरक्षित रहँदै दर्ता (रजिस्ट्रेसन) प्रक्रियामा सहभागी हुन पनि दूतावासले सम्बन्धित सबैलाई पुनः आह्वान गरेकाे छ ।

आक्रमणको मुख्य निशानामा परेको किबुज आलुमिममा आबद्ध १७ जना नेपाली विद्यार्थीको विवरणः राहदानी नम्बर र नाम थर अनि अवस्था

१. BA0046756 आनन्द साह- निधन

२. BA0050744 नारायणप्रसाद न्यौपाने- निधन

३. PA1832545 लोकेन्द्रसिंह धामी- निधन

४. BA0133670 राजेशकुमार स्वर्णकार- निधन

५. PA1869615 गणेशकुमार नेपाली- निधन

६. PA1773440 दिपेशराज विष्ट- निधन

७. BA0017890 राजन फुलरा- निधन

८. BA0017892 पदम थापा- निधन

९. PA1560328 प्रवेश भण्डारी- निधन

१०. PA1651757 आशीष चौधरी- निधन

११. PA1848403 विपिन जोशी- अज्ञात

१२. विधान सेजवाल- उपचाररत

१३. BA0079958 हिमांचल कट्टे- उपचाररत

१४. 12482178 प्रवीण डाँगी- उपचाररत

१५. धनबहादुर चौधरी- सकुशल (उपचार पश्चात्)

१६. वीरेन्द्र चौधरी- सकुशल

१७. 12388817 प्रमोद के.सी.- सकुशल

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij