काठमाडौं । कमलपोखरीस्थित सान्दार मःम पसलमा भएको ग्यास सिलिण्डर विष्फोटमा घाइते भएका दुई कामदारको मृत्यु भएको छ।
उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार रबिन राईको र आज बिहान भीमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले जनाकारी दिए।
गत बिहीबार बिहान ग्यास लिक गएर आगालागी हुँदा ११ जना घाइते भएका थिए।
जसमध्ये सात जना गम्भीर घाइते भएका थिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij