२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

१४ नेपाली कार्यरत इजरायली फार्ममा हमासकाे हमला, नौ घाइते, २ गम्भीर

१४ नेपाली कार्यरत इजरायली फार्ममा हमासकाे हमला, नौ घाइते, २ गम्भीर

काठमाडौँ  : नेपाल सरकारले इजरायलमा आज भएको आतंकवादी हमलाको भर्त्सना गरेको छ। उक्त हमलामा ठूलो मानवीय क्षति हुनाका साथै धेरै घाइते र हताहती भएका छन्।

‘यस दु:खद घडीमा, हामी इजरायल सरकारसँग ऐक्यबद्धता व्यक्त गर्दछौँ’, परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, ‘नेपाल सरकार इजरायलका जनता र सरकारका साथै यस निर्मम हमलाका पीडित र उनीहरूका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछ।’

उक्त हमला १४ जना नेपाली काम गरिरहेको फार्ममा पनि आक्रमण भएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म नौजना नेपाली घाइते भएको र दुईजनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जानकारी गराएको छ। मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।

इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीसँग निकट सम्पर्कमा रहेको जनाएको छ। नेपालीको सुरक्षा र उद्धारका साथै घाइतेको उपचारका लागि पनि दूतावासले इजरायली अधिकारीसँग सम्पर्क र समन्वय गरिरहेको सरकारले जानकारी दिएको छ।

स्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सतर्क रहन र अधिकारीहरूले सुझाव दिएको सुरक्षाका उपाय पालना गर्न अनुरोध गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij