अस्टिन । अमेरिकाको साउथ अस्टिनमा रहेको चर्चित रेष्टुरेन्ट नालासमा अबदेखि नेपाली स्वाद पनि चाख्न पाइने भएको छ । साउथ इण्डियन रेष्टुरेन्टका रुपमा चर्चित नालासमा नेपाली व्यवसायीद्वय देवी भेटवाल र कुशल नहर्की जोडिएसँगै नेपाली सेफ स्पेशल परिकारहरु पनि अब नालासमै पाइने भएछ ।
पर्याप्त पार्किंग एरियासहित साउथ अस्टिन सनसेट भ्यालीमा सञ्चालित नालासमा नेपाली र साउथ इण्डियन सेफका विशेष परिकारहरु पाइन्छ । १ सय ५० जनासम्मको क्षमता रहेको सो रेष्टुरेण्टमा हरेक शनिबार र आइतबार बुफेको व्यवस्था गरिएको छ । नेपाली, भारतीय सहित दक्षिण एसियाका विभिन्न देशबाट अस्टिन पुगेकाहरुको स्वादलाई लक्षित गरेर सञ्चालित नालासले ग्राहकबाट राम्रो प्रतिक्रिया पाएको छ ।
नालासका सञ्चालकमध्येका एक देवी भेटवालले दक्षिण अस्टिनमा नेपालीको लगानीमा रेष्टुरेण्ट सञ्चालन हुनु सुखद रहेको बताउनुभयो । नेपाली परिकारसँगै नेपाली पहिचानले पनि नालासबाट प्रबर्धनको मौका पाउने उहाँको भनाई छ ।

एक पारिवारिक रेष्टुरेण्टका रुपमा रहेको नालासमा इभेन्ट गर्नका लागि पनि पर्याप्त सुविधाहरु उपलब्ध रहेको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij