एजेन्सी । अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । जंगलबाट सुरु भएको डढेलो बस्तीमा छिरेर अनियन्त्रित भइरहेको छ ।
अहिलेसम्म आगलागीबाट १० जनाको मृत्यु हुनुका साथै सयाैँ भवनहरू ध्वस्त भएका छन् । आगलागीमा परी मृत्यु भएकाहरूको सनाखतको प्रयास भइरहेको अधिकारीहरूले बताएका छन् ।
डढेलोले भयानक रूप लिएपछि हजाराैँ मानिसहरू विस्थापित भएका छन् । आगलागी नियन्त्रणको प्रयासले सार्थकता पाउन सकिरहेको छैन । अग्नि नियन्त्रकहरूले प्रयास जारी राखेका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिणी क्यालिफोर्नियामा ‘जीवन र सम्पत्तिको सुरक्षा’ गर्न आगामी छ महिनाको खर्च संघीय सरकारले बेहोर्ने घोषणा गरेका छन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij