२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा पाल नियुक्त

कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा पाल नियुक्त

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा प्रा. डा. पुष्करबहादुर पाल नियुक्त भएका छन् ।

बुधबार प्रधानमन्त्री एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले डा. पाललाई कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्ट्रारमा नियुक्त गरेका हुन् । रजिष्ट्रारमा नियुक्त पाल विश्वविद्यालयमा पशु चिकित्साविज्ञका रूपमा कार्यरत थिए ।

यसअघि पाललाई रजिष्ट्रारमा नियुक्त गर्न विश्वविद्यालयका उपकुलपति प्रा. डा. शारदा थपलियाले कुलपति ओलीसमक्ष सिफारिस गरेका थिए । चितवनको रामपुरस्थित विश्वविद्यालयमा करिब चार हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij